खुशीको क्षण नभेट्दै जीवन समाप्त नगराैँ ।

Breaking

Saturday, October 8, 2022

दुई दिनको जिन्दगीमा चार दिनको पढाई ||Sangamcreation||

दुई दिनको जिन्दगीमा चार दिनको पढाई ||Sangamcreation||

Author:Sangam Shrestha.

Facebook   Facebook Page   Twitter  YouTube

 


नेलसन मन्डेलाले भनेका थिए, “संसारको सबैभन्दा खतरानाक हतियार भनेको शिक्षा हो, जसले संसार परिवर्तन गर्न सक्छ ।” यसैले यहि शिक्षाको कारणले नै संसारमा यति आधुनिक परिवर्तन आएको हो । तर के कुरा पनि सत्य हो भने, यदि हामीले प्राप्त गरेको ज्ञान हाम्रो व्यवहार र सीप सँग जोड्न सकेनौँ भने यस्तो शिक्षाले हामीलाई केवल दास बनाउँछ । यसैले शिक्षालाई व्यवहारमा उर्तान सकेनौँ भने त्यस शिक्षाले जन्माउने भनेको केवल दास मात्र हो 

मानिसले संसारका सबै पुस्तकहरु पढेता पनि आफ्नै जीवनमा भएका पुस्तकचाहिँ पढेका हुदैनन् । विद्यालयमा अनेकै बिषयहरु पढे तर आज फर्केर हेर्दा मेरो मनमा यहि प्रश्न आउँछ “आखिर मलाई यो शिक्षा कहाँ काम लाग्यो ?” गणितका ती शुत्रहरु, अंग्रजीका शब्दहरु, नेपालीका व्याकरणहरु, अर्थशास्त्रका सिद्धान्तहरु, सामाजिकका समाजहरु, विज्ञानका परिक्षणहरु, आखिर कहाँ गए यी सबै सबै शिक्षाहरु ? जब जीवनका वास्तविक सत्यता थाहा पाइन्छ तब, किताबका पानाहरु टिनका पानाजस्तै, अक्षरहरु फलामका अक्षर जस्ता र किताब चाहिँ ढुङ्गा जस्तै हुन्छन् । जब जीवनमा जिम्मेवारी र कतव्र्यका बोझ्ले थिच्छ तब यी सबै शुत्र र सिद्धान्तहरु बेकामका हुन्छन् । मैले दुई दिनको जिन्दगीमा चार दिनको पढाई पढे । तर जिन्दगीको पढाई पढ्न चाहिँ भुले ।

        जुन शिक्षाले आफु भित्र भएको कलालाई देखाउन सक्दैन तब त्यो शिक्षा बेकामका हुन्छन् । किनकि प्रयोगबिनाको शिक्षाले समाजमा दास मात्र जन्माउँछ । प्रत्येक विद्यार्थीहरुमा फरक फरक क्षमता हुन्छन् भन्ने कुरा न त हाम्रा शिक्षा प्रणालीले बुझ्यो न त शिक्षक ले नै । फरक फरक बिचार, लक्ष्य र सिद्धान्त भएका विद्याथीहरुलाई एकै प्रकारको प्रश्नपत्रहरु दिएर अरुको कुरा पढेर, घोकेर अरुलाई सन्तुष्ट पारेर मात्र असल विद्यार्थी भइने शिक्षाबाट हामी विद्यार्थीहरु ग्रसित छौँ ।

जसले अरुको कुरालाई जस्ताको तस्तै पढेर सही तरिकाले लेख्न सक्यो त्यो निकै असल र राम्रो विद्यार्थी र जसले लेख्न सकेन त्यो खराब विद्यार्थी भन्ने मान्यता हाम्रो शिक्षा प्रणालीले हाम्रो मन मस्तिष्कमा हालि दियो । एक बर्ष लागएर पढेको कुरालाई ३ घण्टामा सम्झि लेखि सकाएर अरुलाई सन्तुष्ट पार्न सके मात्र असल विद्यार्थी हुनु पर्ने बाध्यता रहेको छ । तर अरुले दिइसकेका उत्तर दिनेहरु स्कुल वा कलेजमा पास हुन्छन् । कसैले दिन नसकेका उत्तर दिनेहरु जीवनमा पास हुन्छन् भन्ने कुरा हाम्रो शिक्षा प्रणाली र शिक्षकहरुले कहिले सिकाएनन् ।

 

अभिभावकले मेरो छोरा छोरीको पढाई कस्तो छ भनेर सोध्दा, “खत्तम छ” भन्ने शिक्षकहरुले नै कक्षामा अल्बर्ड आइन्टाइन, थोमथ एल्बा एसिडस, झमक घिमेर, नारायण गोपाल,  अब्राहाम लिङ्कनका उदाहरण दिएर पढाइ रहेका हुन्छन् । उनीहरुले अन्य व्यक्तिहरुको जीवनमा परिवर्तन भएको देखे तर आफुले नै पढाएका विद्याथीहरु परिवर्तन आउँछ भन्ने कुरा विश्वास गर्दैनन् ।

        दुई दिनको जिन्दगीमा चार दिनको पढाई पढ्दा पनि कति व्यक्तिहरुले अझै पनि आफ्नो लक्ष्य भेट्न सकेका छैनन् । अरुको कुरा पढ्दा पढ्दै कयौँ मानिसहरुले आफ्नै जिन्दगीका पानाहरु पढ्न नपाई भौतारिदै जीवन समाप्त गर्छन् । किताबका पानामा जीवन खोज्नेहरुले वास्तवक जीवन कहिल्यै भेट्न सक्दैन । किनकि किताबका पानाहरुमा अरुको जीवन लेखिएको हुन्छ । आफ्नो जीवन भेट्न आफ्नै जीवनका पानाहरु पढ्नु पर्छ ।

        तपाईंको पढाई राम्रो छ भने खुशी हुनुहोस् र नराम्रो छ भने दुःखी पनि नहुनुहोस् । किनकि तपाईले स्कुल वा कलेजमा पढेका कुराहरु वास्तवमा तपाईका होइनन् । यो अरुले लेखिदिएका कुराहरु हुन् । यदि तपाई अरुले लेखिएको कुरामा सफल हुनु भएको छ भने असल हो तर असफल हुनु भएको छ भने पनि असल नै हो किनकि तपाई असफल आफ्नो कुरामा होइन अरुको कुरामा हुनु भएको हो । यसैले अरुको कुरा जस्ताको जस्तै लेखेर अफल हुनुलाई सफल हुनु भनिदैन । यसैले तपाई असफल हुनु भएको अरुको कुरामा हो, आफ्नो कुरामा होइन । तपाईले सोच्नु भए जस्तो नम्बर ल्याउन नसक्नु भएको अरुको कुरामा हो आफ्नो कुरामा होइन । अरुको कुरालाई घोकेर, रटेर जबरजस्ती दिमागमा राखेर त्यसलाई जस्ताको तस्तै लेखेर नम्बर ल्याउनु कुनै शिक्षा वा ज्ञान होइन । यसले तपाईलाई जीवनमा एउटै कुरा बनाउँछ त्यो हो, “कसैको दास वा नोकर” । त्यो भन्दा बढी बनाउँनै सक्दैन । किनकि कपि त असक्षम व्यक्तिले गर्छ, सक्षमले त आफ्नै सिर्जना निमार्ण गर्ने गर्दछ ।

        धेरै विद्यार्थीहरु आफ्नो लक्ष्य र उद्देश्यलाई गोली मारेर धेरै नम्बर ल्याउने दौडमा निस्कन्छन् । नम्बर पनि ल्याउँछन् तर आफ्नो लक्ष्य र उद्देश्यलाई चिलाञ्जली दिएर दुःखी भएर बाँच्ने गर्दछन् । हामीले आफ्नो उद्देश्य अनुसार पढाई भन्दा पनि अरुको रुची अनुसारको पढाई पढेर समय खेर फाल्यौँ । हामीले आवश्यक भन्दा बढी पढ्यौँ चाहिने पनि पढ्यौ त्यो भन्दा बढी नचाहिने पढ्यौँ ।

        मैले गणित बिषयमा कहिले असल नतिजा ल्याउँनै सकिन किनकि मलाई त्यो विषय पढ्नु नै थिएन तर पनि जबरजस्ती कक्षा १० बर्ष यो बिषय अनिवार्य पढ्नु पर्थ्थो । वास्तविक रुपमा भन्दा अहिले सम्म मलाई जीवनमा जोड, घटाउ, भाग र गुना बाहेरक अरु केही चाहेन । न त कुनै सिद्धान्त न त शुत्र न त अन्य कुनै सरलीकरणहरु । त्यही पनि अहिले त यो सबै क्याकुलेटरले सरल रुपमा नै गरिदिन्छ ।

        यसैले मलाई लाग्छ मैले जीवनमा चाहिने भन्दा बढी नै पढे त्यो भन्दा पनि नचाहिने कुरा बढी पढे । न त मलाई अहिले यो काम लाग्छ न त भबिष्य मा नै । अन्य बिधामा मानिसहरुलाई काम लाग्छ, पक्का हो तर सबैलाई काम लाग्छ भन्न मिल्दैन ।

यसैले हाम्रा शिक्षा प्रणालीले सबै बिद्यार्थीहरुबाट उही प्रकारको बस्तुहरु निमार्ण गर्न सबैलाई एउटै प्रश्नपत्र दिएर एउटै मिसिनमा हालिदियो र सबैको आकार उही बनाउँन खोज्यो । जो मेसिनले भनेझै आकारमा निस्कियो त्यो सफल जुन निश्चित आकारमा निस्केन यो असफलको ट्याग लाइदियो तर विद्यार्थीको बास्तविक कुरा कहिले बुझन सकेन । न त भुतकालमा बुझे न त वर्तमान काममा नै बुझ्छ ।

 

डाक्टर, पाइलट, इन्जिनियर, वकिल बन्ने सपना देखेकाहरु पासपोट बोकेर बिदेश जान बाध्य छन् । हाम्रा शिक्षकहरुले कहिले पनि तिमीहरु कृषक हुनुपर्दछ, उद्यमी हुनुपर्छ, व्यवसायी हुनुपर्छ, आफ्नै सीपको प्रयोग गर्नुपर्छ भनेर सिकानुभएन । बरु राम्रो सँग पढेपछि राम्रो जागिर पाइन्छ, सरकारी जागिर पाइन्छ, राम्रो एनजियो, आइएन्जियोमा काम पाइन्छ धेरै पैसा कमाइन्छ भनेर सिकाउँनु भयो ।

        आफ्नो खुट्टामा आफै उभिन सायद आफ्नै जीवनको पुस्तक पढ्न सक्नु पर्छ अनि मात्र आफ्नो उद्देश्य अनुरुपको काम गर्न सकिन्छ । डाक्टर बन्ने सपना भएकाहरुले १० कक्षा पास नगरुजेल सायद, डक्टर सम्बन्धी केही ज्ञान नै हुदैन, वकिल बन्न चाहानेहरु पनि हालत यस्तै नै हो र अरु विविध विषयहरुको पनि । यहाँ विद्यार्थी के बन्न चाहान्छ होइन शिक्षक र परिवारले जे बनाउँन चाहान्छ विद्यार्थी त्यही बन्नु पर्छ भन्ने मान्यता छ । 

        हरेक व्यक्तिहरुमा फरक फरक क्षमता हुन्छ र उनीहरुको रुची अनुसारको काम गर्न पाउँदा मात्र मानिस खुशी हुन्छन् भन्ने कुरा आजको समाजमा बुझ्न  आवश्यक छ । दुई दिनको जीवनमा चार दिनको पढाईको बोझ आफ्ना सन्तान र विद्यार्थीहरुलाई नबोकाउ । उसको उद्देश्य र सीपमा बुझै र त्यही अनुरुपको सल्लाह र परामर्श दिऔँ । शिक्षाको नाउँमा शिक्षाद्धारा नै कसैको भबिष्य अन्धकार बनाउँने काममा अग्रसर नहौँउ ।




No comments:

Post a Comment