लेखक:संगम श्रेष्ठ.
हराएको प्रचण्ड
रुकुमको भिरहरुमा
परिवर्तनका लागि उक्लेको प्रचण्ड खै कता हरायो हरायो,
जाजरकोटका ओरालीमा
व्यवस्था परिवर्तनका लागि ओर्लेको प्रचण्ड खोल्सा तिरै हरायो,
मलाई कसैले भन्दै
थियो, प्रचण्ड त काठमाडौँको मोजमज्जामा भुलि रहेको छ रे,
तर मैले खोजेको
प्रचण्ड त त्यो प्रचण्ड हुदै होइन
मैले खोजेको प्रचण्ड
त चितवनका चेपाङ बस्तीहरुमा माक्सवाद सिकाउँदा सिकाउँदै कता हरायो हरायो,
सरकार सँग शान्ति
सम्झौता गर्न सहर छिरेको प्रचण्ड कुन दोबाटोमा हरायो हरायो,
परिवर्तन कारी सोच
बोकेर सहर पसेको प्रचण्ड सहरको कुन भिडमा हरायो हरायो ।
परिवर्तनका सोच र
व्यवस्था परिवर्तनका सोच भएका प्रचण्ड बिद्यार्थीलाई पढाउदा पढाउदै निस्केको
प्रचण्ड कुन चाहिँ भिर तिर कता कता हरायो,
खै मैले खोजेको
प्रचण्ड कता हरायो हरायो ।
पछाडि परेका समुदाय, सिमान्तकृत
समुह र दलितहरुको मुक्ति खोज्न आफ्नो गाउँघर छोडेको प्रचण्ड शहरको विलासितामा कता
हरायो हरायो
देशको रुपान्तरण
ल्याउन जंगल पसेको प्रचण्ड जंगलकै कुन चाहिँ चारकोसे झाडीमा हरायो हरायो ।
मुक्त कमैयाको आवाज
उठाउदा उठाउदै कमैया कै बस्तीहरुमा कता हरायो हरायो
छाउगोठ भत्काउन
हिडेको प्रचण्ड कुन गोठमा गएर हरायो ,
राजसत्ता ढाल्न
हिडेको प्रचण्ड कुन कुनामा गएर हरायो हरायो
खै, जनताको
आशा किरण भएको प्रचण्ड कता हरायो हरायो ।


No comments:
Post a Comment