खुशीको क्षण नभेट्दै जीवन समाप्त नगराैँ ।

Breaking

Monday, August 1, 2022

विश्वश्वरप्रसाद कोइरालाका 'एक रात' कथाकाे विषयबस्तु ||Sangamcreati0n||

विश्वश्वरप्रसाद कोइरालाका 'एक रात' कथाकाे विषयबस्तु ||Sangamcreati0n||

समिक्षा:संगम श्रेष्ठ, BASW दाेस्रो बर्ष.

Facebook Page   Twitter  YouTube

  

Sangamcreati0n

            यथास्थितिवादका परिवर्तका आवाज सहित निरङ्कुश सत्ताको अन्त्यका लागि अन्याय, असमानता­­ विभेद र निरङ्कुशताले जनतालाई मुक्ति दिदैन भन्ने भावना र जागरणको ‘एक रात’ कथाका लेखक विश्वश्वरप्रसाद कोइराला हुन् । कोइरालालाई मनोविश्लेषणवादी, लेखकको रुपमा पनि चिनिन्छ । ‘दोषी चस्मा’, ‘सुम्निमा’, ‘बुबा, आमा र छोरा’, ‘श्वेतभैरवी’, र ‘एक रात’ जस्ता चर्चित कृतिहरु उनले लेखेका छन् ।

            ‘एक रात’ कथा निरङ्कुश एकतन्त्रिय शासन बिरुद्धमा उठेको जागरण र परिवर्तनको संवाहकको आवाज हो । मुलकलाई सम्बृद्धि र नयाँ युगमा लानको निम्ति आफ्नो शरीरलाई आहुति दिन पनि तयार भई आफ्नो सिद्धान्त र वैचारिक दृष्टिकोणमा थोरै पनि विचलन नहुने विषयवस्तु ‘एक रात’ कथामा उल्लेख गरिएको छ । अन्याय, निरङ्कुशता, असमान
ता र विभेदले मुलकका जनतामा मुक्ति आउँदैन । यसका निम्ति परिवर्तनको आवश्यकता छ भनी मुलुकलाई मुक्ति र स्वतन्त्रताको सास फेराउनको निम्ति आफ्नो ज्यान आहुति दिन पनि पछि हट्न हुदैन । देशमा परिवर्तन
, सम्बृद्धि र स्वतन्त्रता चाहाने र भावि सन्ततिको लागि रुपान्तरण ल्याउनको निम्ति मृत्युसँग पनि डराउनु हुदैन । निरङ्कुशता, असमानता र विभेदको विरुद्धमा आफ्नो सैद्धान्तिक र वैचारिक दृष्टिकोणमा थोरै पनि विचलन नहुने किशोर नामक पात्र ‘एक रात’ कथामा रहेको छ । जसले देशमा परिवर्तन ल्याउनको लागि मृत्युको अन्तिम क्षणसम्म पनि आफ्नो विचारमा सम्झौता गरेनन् । आाफ्नो मृत्यु भएपनि नयाँ युगको परिवर्तन गराउने किशोरले ‘एक रात’ कथामा राज्य प्रति परिवर्तनको आवाज उठाउन र आफ्नो ज्यानको आहुति दिनपनि तयार हुनुपर्छ भन्ने सन्देश दिदछ । ‘एक रात’ ले परिवर्तन सरल तरिकाबाट आउँदैन यसको निम्ति कसैको आहुति छ भन्ने बिषयबस्तु समेटिएको छ । परिवर्तन सबैले चाहेको हुन्छ तर परिवर्तनका लागि त्यस्ता व्यक्तिले मात्र आवाज उठाउँछ जसले आफ्नो भन्दा भबिष्यका आफ्ना सन्तानहरुको भबिष्य हेर्छ ।

            देशका लागि बलिदान दिनेहरु कहिल्यै मर्दैनन् तिनीहरु जहिले पनि परिवर्तनका संवाहक भई हरेक व्यक्तिको हृदयमा सदा जिवित हुन्छन् । देशका लागि आफ्नो ज्यान आहुति दिने व्यक्तिहरु जिउँदा शहिदहरु हुन्, किनकि उनीहरु परिवर्तनका हरेक विन्दुहरुमा जिवित रहन्छन् । ‘एक रात’ कथामा यस्तो परिवर्तनको निम्ति आवाज उठाए वापत बलिदान हुनुपर्ने विषयबस्तु समेटिएको छ । देशको परिवर्तनका लागि विद्रोहको आवाज भई संवाहकको रुपमा रहेको परिवर्तनकारी भावहरुले ‘एक रात’ कथा भरिएको छ । परिवर्तनका लागि मृत्युसँग नडराई, आफ्नो इच्छा शक्तिबाट थोरैपनि विचलन नहुने मनोविज्ञानको बिषयवस्तु ‘एक रात’ कथामा समावेश गरिएको छ ।

No comments:

Post a Comment