खुशीको क्षण नभेट्दै जीवन समाप्त नगराैँ ।

Breaking

Thursday, July 7, 2022

भूपी शेरचणको व्यङ्ग्यात्मक कविता ‘मेरो चोक’ लाई बर्तमान समयमा फर्कैर हेर्दा||SangamCreation|

भूपी शेरचणको व्यङ्ग्यात्मक कविता ‘मेरो चोक’ लाई बर्तमान समयमा फर्कैर हेर्दा||SangamCreation||

Author:Sangam Shrestha.

Facebook Page   Twitter  YouTube

 


भूपी शेरचन – मेरो चोक

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
असङ्ख्य रोग छ,
केवल हर्ष छैन,
यहा त्यसमाथि रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ

यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता,
यी दुबैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन्
मानिस उदास छन्
किनकी तिनलाइ यहाँ
रात रातभरी उपियाँले टोक्छ
दिन दिनभरी रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकी तिनलाइ यहाँ
न कसैले पुज्छ न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ

 

                आधुनिक समयका सशक्त स्वच्छन्दतावादी र प्रगतीवादी कविको रुपमा चिनिने मानवीय पीडाको अभिव्यक्तिलाई व्याङ्ग्य र विद्रोहको रुपमा लेखी समाजमा भएका विकृति, विसङ्गि, आर्थिक असमानता र त्यसको कारणले समाजमा ल्याएको प्रभावको बारेमा पेचिलो तरिकाबाट व्याङ्ग्य प्रहार गर्न सक्ने कुशल लेखक जसले राष्ट्र, राष्ट्रियता र सहिदप्रति आस्था र श्रद्धाको भावलाई छोटो कविताको रचना र थौरै शब्दहरुमा धेरै कुरा भन्न सक्ने कुशल कवी हुन् भूपी शेरचण । उनले नयाँ झ्याउरे, निर्झर र घुम्ने मेचमाथि अन्धो मान्छे जस्ता प्रख्यात कविताहरु लेखेका  छन् ।

            मेरो चोक’ कवितामा शेरचणले काठमाडौँ सहरको साँघुरो गल्ली जीवनको साँघुरोपनको प्रतीकात्मक अभिव्यक्ति कविता मार्फत व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरेका छन् । चोक शब्दको वास्तिवक अर्थ स्वतन्त्र स्थान भन्ने बुझेपनि सोही स्थानमा विभिन्न प्रकारका भोक, रोग र शोकको बास छ । भोक, रोग र शोकले मानिस आक्रान्त एवम् पीडित भएको मनोभावलाई शेरचनले उल्लेख गरेका छन् । व्यङ्ग्यात्मक दृष्टिकोणबाट उत्साह र हर्षमा लगाइएको रोक र केही नभएको चोकमा सबथोक छ भन्ने कुरा कवितामा उल्लेख गरिएको छ । ईश्वर र मानिस एक अर्कामा पूजनीय भएपनि यी दुबै एक अर्कामा निराश र उदास छन् किनकि मानिसलाई रातभरी उपियाँले टोक्छ र दिनभरी रुपियाँले टोक्छ यसैले देवता मानिस देखि उदास छ । उपियाँ र रुपियाँले गर्दा ईश्वरलाई न कसैले पुज्छ न कसैले ढोक्छ । यी दुबै एक अर्कामा एक अर्कालाई धिक्कार्दै एक साथ पुर्पुरो ठोक्छ । त्यो चोक जहाँ अशिक्षा, गरिबी, भोकप्यास, चिन्ताग्रस्त जीवन र मानिस र ईश्वर बीचको सम्बन्धको यर्थाथ चित्रण शेरचणले आफ्नो कविता मार्फत प्रस्तुत गरेका छन् । मानव जातिको दुःख, कष्ट र पीडा प्रति देवताको मौन र देवता प्रति मानिसको मन देखी यी दुबै एक अर्कामा उदास छन् । सबै भएको तर केही पनि नभएरको त्यो गल्ली त्यो ‘मेरो चोक’ त्यही गल्ली भित्रको चोक, ईश्वर र मानव दुबैको बास छ तर पनि एक अर्काप्रति निराश र उदास छ ।

प्रस्तुत ‘मेरो चोक’ कविताले वर्तमान समयको नेपालको परिदृष्टिलाई व्याख्या गरेको छ । अस्तव्यस्त राजनीतिक अवस्था, भ्रष्टचारमा रोमलिएको राजनीति, अर्थतन्त्रमा खस्किदो अवस्था र मानिसका् मनमा भएको आक्रन्त र निराशका आवाजलाई स्वस्फुर्त तरिकाले उल्लेख गरेका छन् । रोक, भोक र शोकमा हराएको हर्ष वर्तमान समयको नेपालको अवस्था हो । सबै भएको जस्तो तर यर्थाथमा केही नभएको नै वर्तमान अवस्था हो नेपालको । यस्तो नेपालको अवस्थाको बारेमा पनि शेरचणको कविताले व्यङ्ग्यात्मक गरेको छ ।

No comments:

Post a Comment