Author:Sangam Shrestha.
Facebook Facebook Page Twitter YouTube
म जीवनको सबै रङ्गहरु सँग बाँच्न मन पराउँछु ।
कसैले मलाई सोधे, मित्र जीवन के हो ? म केही छिन मौन भएर उत्तर दिए, “मेरो लागि जीवन भनेको रङ्गहरुको समिश्रण हो, जहाँ, परिस्थिति, समय, व्यक्ति र समाज अनुसार विभिन्न रङ्गहरुसँगै घुल्लिदै, लत्पितिदै, कोर्दै र क्षिद्रा हुदै अगाडी बढ्ने जिन्दगीको यात्रा नै जीवन हो अनि यी रङ्गहरुको बेजोड प्रस्तुती नै जीवनको सार्थकता हो ।”
उमेरमा खास्सै त धेरै भएरको छैन, तर अहिले सम्म जति जिएको छु, विभिन्न रंगहरुको समिश्रणमा जिएको छु । जीवन सधै मुस्कुराएर मात्र चल्दैन, यसैले कयौँ पटक रोएको छु । जिन्दगीमा सधै सफलता प्राप्त हुदैन यसैले बारम्बार असफलता पनि भोगेको छु । रोदन र हाँसो, असफलता र सफलता, दुःखी र खुशी, आनन्द र बिस्मात रङ्गहरुले भरिएको जीवन जिएको छु । यसैले म जीवनलाई रगहरुको समिश्रण भन्न रुचाउँछु ।
यसैले म जीवनको सबै रङ्गहरुमा रमाउँछु । किनकि रङ्गहरुको समिश्रणले नै जीवन सार्थक बनाउँछ भन्ने कुरामा म विश्वास गर्छु । यसैले जीवनको सबै रङ्गहरु सँगै बाँच्नु पर्छ भन्ने दृष्टिकोण भएको व्यक्ति हुँ । मैले देशमा जाने मानेका व्यक्तिहरु सँग पनि भेटेको छु र समाजमा सामान्य भन्दा समान्य व्यक्ति पनि भेटेको छु तर मैले हरेक व्यक्तिहरुबाट फरक फरक रङ्गहरुको बारेमा सिकेको छु । यसैबाट मैले मेरा जिन्दगीमा रङ्गहरु भर्दै छु ।
सायद मेरो जीवन अन्तिम रङ्ग भनेको मेरो मृत्यृ हो । जुन मैले चाहे पनि नचाहे पनि भर्नु नै पर्छ । अन्त्यमा, यो रङ्ग भरिएपछि मेरो जिन्दगीको रङ्ग भर्ने काम पुरा हुनेछ ।
म विश्वास गर्छु यो मेरो जीवनको रङ्गहरुको समिश्रणबाट एउटा सुन्दर रङ्ग बन्नेछ र त्यो रङ्ग कसैको लागि उत्प्रेरणाको स्रोत बन्नेछ । यहि नै मेरो जीवनमा रङ्गहरु भर्नुको सार्थकता बन्नेछ ।

No comments:
Post a Comment