Author:Sangam Shrestha.
मेरो देशमा के छैन, सब थोक छ
वर्तमानको परिस्थिति
देख्दा
भबिष्य प्रति पिर छ,
त्यही माथि भबिष्य नै
अस्थिर छ
राजनीतिक किचलोले
अर्थतन्त्र सिथिल छ
तर पनि झुटो आश्वासन
असीमित छ
मेरो देशमा के छैन सब
थोक छ
विदेशीन बाध्य लाखौँ
युवाहरु मजबुर छन्
मजबुत सम्बन्धहरुका
धरोहरहरुमा कमाजोर छ
हेर, यो
नेता, हेर त्यो नेता भन्दा भन्दा
देश नै विदेशीन हुन
खोज्दो छ
मेरो देशमा के छैन सब
थोक छ
भ्रष्टचार छ
गजदारी छ
व्यमानी छ
सब सब प्रतिमा झै मौँन
छ
बाहिर कुकुर बिरालो
भित्र भित्र सेटिङ छ
हो, हो, हो, मेरो
देशमा के छैन सब थोक छ
बेरोजगारी छ,
असमानता छ,
नाताबाद कृपाबाद सबै
छ
तर पनि हेर त्यो उदाई
रहेको सूर्य झैँ
नेपालीका मनमा आशाको
दिप छ
धिप धिप गरी निभ्नै
लागेको दियोको
बत्ती झै आशा थोरै
बाकीँ छ
नेपालमा के छैन सब
थोक छ
-भूँइ मान्छेका कुरा, @sangamCreation


No comments:
Post a Comment